संगालोखबर

विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचार संहिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्‌घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

Advertisement

‘निजि मिडिया सञ्चालकलाई थप चुनौती थपिएको छ । तपाईँहरू एउटा अभियान र आन्दोलनमा हुनुहुन्छ’, मन्त्री पराजुलीले थपे, ‘सरकारले जुन खालको कदम चाल्न खोजिरहेको छ, यसले पत्रकारिता क्षेत्रको मात्र नभएर हामीले लडेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि नै अंकुश लगाउन त खोजेको हैन ? आज सबैतिर यो विषय उठेको छ ।’

मन्त्री पराजुलीले केन्द्र सरकारबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास भए पनि कोशी प्रदेश सरकार पत्रकारहरूको हकहित, सुरक्षा र पेशागत स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरे । कोशी प्रदेश सकार सँधै पत्रकारहरूको हकहितका पक्षमा रहेको उनले बताए ।

उनले छलफलबाट प्रदेश सरकारलाई सुझाव दिन आग्रह गर्दै ती सुझावलाई समेट्दै आगामी दिनमा प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा थप काम गर्ने बताए । मुलुकलाई निरङ्कुशता तिर लग्ने कुनै प्रयास भएमा बेलैमा दवाव सिर्जना गर्नुपर्ने बताउँदै उनले गलत प्रवृत्तिलाई सुध्रिन बाध्य पार्नुपर्ने उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा संगालो खबर मिडिया प्रालिले आयोजना गरको कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्माले सम्बन्धित विषयमा प्रस्तुती दिएका थिए । संगालोखबरका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ आवद्ध पदाधिकारीसहित ५० भन्दा बढी सक्रिय पत्रकारहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!