संगालोखबर

विराटनगर । विराटनगरकाे अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरेको छ ।

Advertisement

कार्यक्रममा ५ जना विद्यार्थीलाई कक्षा ११ र १२मा पूर्णछात्रवृत्ति प्रदान गरिएको छ । एसईईमा अरनिकोबाट ३.९१ जिपीए ल्याएर प्रथम हुने जेबा प्रविनलाई राजबहादुर तथा कमला कुँवर छात्रबृत्ति प्रदान गरिएकाे छ ।

यस्तै कक्षा ११ को प्रवेश परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई प्रिन्सीपल छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा ११ र १२ मा पूर्ण छात्रबृत्ति पाउनेमा सुयोग पोखरेल, प्रिन्स मण्डल, कुलानन्दकुमार यादव र रोहितकुमार साह रहेका छन् ।

प्रवेश परीक्षमा उत्कृष्ट १० भित्र पर्न सफल २४ विद्यार्थीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा आदित्य मेहता, आरुष पौडेल, आदित्य गुप्ता, अभिषेककुमार मेहता, अविनास श्रेष्ठ, विपुलकुमार दत्त, दिक्षा मिश्र, जेनिस लवर, कुलानन्दकुमार यादप, लभ्ली सिंह, मायानक मिश्र, प्रसन्न सरदार, प्रिन्स मण्डल, रसिक कोइराला, रोहन पौडेल, रोहितकुमार साह, संजोग चौधरी, संकार साह, सन्तोष यादव, सत्यम धमला, सयुम अधिकारी, श्रृती साह, शुभम्कुमार ठाकुर र सुयोग पोखरेल रहेका छन् ।

अरनिकोले २८ औं ब्याचका कक्षा ११ को बायोलोजी समूहका १ हजार २५३ विद्यार्थीलाई स्वागत गरेको छ । विद्यार्थीलाई उत्प्रेरक डा. तारा गिरीले विभिन्न उत्प्रेरणामूलक विषयहररूमा प्रशिक्षण दिएका छन् ।

अरनिकोका को–अर्डिनेटर विकास खनालले कलेजका बारेमा नयाँ विद्यार्थीलाई जानकारी गराएका थिए । उनले विद्यालयको विभिन्न कार्यक्रम, नियम तथा विद्यार्थीले खेल्नु पर्ने भूमिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रिन्सीपल राजेश कार्की, निर्देशक भरतराज दाहाल, अभिभावक तिर्थ आचार्य, विद्यार्थीहरु जेबा प्रबिण, सुलभ खड्काले आफ्नाे धारणा राखेका थिए ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले सांगीतिक प्रस्तुति दिएका थिए । अरनिकोका शिक्षक बिमल भट्टराईले आइतबार कम्प्युटर समूहका विद्यार्थीहरूको अभिमुखीकरण तथा स्वागत कार्यक्रम हुने जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!