सोलुखुम्बुको एउटा होटलमा आगलागी हुँदा २ करोडको क्षति
सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ को एक होटलमा आगलागी भएको छ । स्थानीय सोनाम शेर्पाले सञ्चालन गरेको यती माउन्टेन होम होटलमा आगलागी भएको हो ।
२ तले पक्की घरमा सञ्चालित उक्त होटलमा आईतवार बिहान ९ बजे बिद्युतको तार सर्ट भई आगो लागेको हो । ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासीले पाँच घण्टापछि दिउँसो करिब २ बजे आगो नियन्त्रणमा लिएका छन् ।
आगल...








