संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० औँ र ११ औँ तहका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डाक्टर वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुर सरुवा गरिएको छ ।

Advertisement

त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेत प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगर सरुवा भएका छन् ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!