संगालोखबर


विराटनगर । प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्यमान्यता पालना गरी उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत खापुङले भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका बाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए ।

Advertisement

धनकुटाबाट आउँदै गरेको ट्रकबाट एक हजार चार सय २० किलोसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका थिए । यसैगरी इटहरी उपमहानगरपालिका-१ बाट दुई सय ४३ किलो पाँच सय ग्राम तयारी गाँजा बोकेको कार सहित चालकलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

भदौ १७ गते धरान-१३ निसानेबाट ९८ किलो गाँजा बोकेको कार नियन्त्रणमा लिएका थिए । भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका-४ बाट जुवा खेल्ने ९ जनाको समुहलाई नियन्त्रणमा लिन विशेष भूमिका खेलेका थिए ।

सोही कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!