विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा मलामी लिएर फर्कँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
आज केहीबेर अघि प्रदेश १-०२-००१ ख ८२५३ को नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेलका नगरपालिका-५ घुम्नेबाट मलामी लिएर फर्किदै गरेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि बेलका नगर अस्पताल र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको इलाका प्रहरी कार्यालय कार्यालय रामपुरका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए ।
बसमा कति जना सवार थिए भन्ने बारेमा खुल्न बाँकी रहेको उदासले संगालोखबरलाई जानकारी दिए । घाइतेहरूको अवस्थाका बारेमा पनि जानकारी सङ्कलन भइरहेको उनको भनाइ छ ।
दुर्घटनाको कारण खुल्न बाँकी छ । चालक भने दुर्घटनापछि फरार भएको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।
अपडेट-