ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु
विराटनगर । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।
माछा मार्ने क्रममा करेन्ट लाग्दा ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ वर्षीय बिक्रम ताम्लिङको मृत्यु भएको छ । उनी सोमवार दिउँसो माछा मार्न भनेर साम्सिङ खोलामा गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको खबर पाएपछि मंगलबार ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोल...































