विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
विराटनगर । विराटनगरमा बिहीबार ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ । विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने उद्घाटनको तयारी पूरा भएको मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेश...






























