
विराटनगर । विराटनगर महानगरपालिका-७ जैन भवन अगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई हातपात गर्न खोजेको आरोपमा दुई जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा विराटनगर-८ का २८ वर्षीय सविन कामत र सोही स्थानका २६ वर्षीय विवेक राय छन् ।
मोरङ प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले अनावश्यक विवाद गर्दै ट्राफिक प्रहरीलाई हातपात गर्न खोजेका थिए । उनीहरूलाई आवश्यक कारबाही गरिएको मोरङ प्रहरीले जनाएको छ ।

संगालोखबर 













