
विराटनगर । विकल्प एन अल्टरनेटिभले इन्टरनेसनल अलर्टसँगको सहकार्यमा चार जना पत्रकारलाई फेलोसिप हस्तान्तरण गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विकल्पले जनही ५० हजारको फेलोसिप हस्तान्तरण गरेको हो ।
नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चिना थापा, अन्नपूर्ण पोस्टका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेलले फेलोसिप पाएका छन् ।
फेलोसिपका लागि आह्वान गरेको खुला आवेदनको आधारमा चार जना पत्रकार छनोट गरिएको विकल्पले जनाएको छ ।

संगालोखबर 













