इन्दु साह/संगालोखबर


विराटनगर । मोरङमा जुवाजन्य खेल खेलाइएको पाइएमा कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । चाडपर्वका समयमा जुवाजन्य खेल खेलाउने क्रम बढेको भन्ने सूचनाहरू प्राप्त भइरहेको भन्दै मोरङ प्रहरीले विशेष निगरानी गरिने जनाएको हो ।

हालसालै मोरङ प्रहरी प्रमुखको जिम्मेबारी पाएका एसपी कवित कटवालले आज पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा यस्ता गतिविधि रोक्न सक्रिय भएर लाग्ने बताए ।

Advertisement

‘विभिन्न स्थानमा जुवाजन्य खेल भइरहेका सूचना प्राप्त भइरहेका छन्, उनले भने, ‘वास्तवमै त्यस्ता गतिविधि पाइएमा कारबाहीको दायरामा ल्याएरै छाड्छौँ ।’

उनले सर्वसाधारणलाई पनि यस्ता क्रियाकलाप थाहा पाए जानकारी गराउन आग्रह गरे ।  प्रहरीमा सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने बताउँदै उनले सभ्य समाज निर्माण गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।

यस्तै उनले सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी गर्ने कार्यमा संलग्नहरूको विवरण सङ्कलन भइरहेको जानकारी दिए । उनले मोरङमा शान्तिसुरक्षा कायम गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!