
विराटनगर । विराटनगरसहित मोरङका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
मोरङका ट्राफिक प्रमुख राजन लम्सालका अनुसार विराटनगर बसपार्क, रानी, हाटखोला बसपार्क, लेटाङ बसपार्कसहित जिल्लाका १० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रु सहायता कक्ष छठसम्म सञ्चालन हुने र यसबाट यात्रुहरूलाई सहज हुने लम्सालले बताए । यसबाट बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुहरूलाई दुर्व्यवहार गर्ने कार्य नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
‘यात्रुहरूले कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ’, लम्सालले भने, ‘हामी तत्काल कारबाही गर्न तयार छौँ ।’

संगालोखबर 













