
विराटनगर । विराटनगर महानगरपालिकाले अस्थायी रूपमा टेन्ट टाँगेर सेवा सुचारु गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन ध्वस्त भएपछि आजबाट महानगरले टेन्ट टाँगेर सेवा सुरु गरेको हो ।
उपमेयर शिल्पा निराला कार्कीको कार्यकक्षसहित विभिन्न शाखाहरू टेन्टबाटै सञ्चालन भइरहेका छन् । स्वास्थ्य शाखा, लेखा तथा प्रशासन लगायतका शाखाबाट उपलब्ध सेवाहरू उपलब्ध हुँदै आएकोमा आजबाट न्यायिक समितिको काम पनि सुरु भएको छ ।
उपमेयर कार्कीका अनुसार आन्दोलनका क्रममा संरचना ध्वस्त हुँदा सेवाग्राही सेवा लिनबाट बञ्चित भएका थिए । आन्दोलनका क्रममा कागजातहरू पनि नष्ट हुँदा केही सेवा अझै अवरुद्ध रहेको उपमेयर कार्कीले बताइन् ।

संगालोखबर 













