
विराटनगर । विराटनगर-८ मधुमाराबाट तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । बिहीबार साँझ स्थानीय गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर-८ का ६० वर्षीय पदम भट्टराई र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ घर भइ हाल विराटनगर-८ मा बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत छन् ।
यस्तै भोजपुरको साल्पासिलिछो गाउँपालिका-१ घर भइ विराटनगर-८ बस्ने ४३ वर्षीय शंकर थापा, विराटनगर-८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङको कटहरी गाउँपालिका-१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ९७ हजार एक सय ६५ रुपैयाँ र पाँच बुङ तास बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

संगालोखबर 













