
विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्थानीय युवाहरूले माग गरेका छन् । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले ट्राफिक प्रहरीको उपस्थिति न्यून हुँदा सडक अस्तव्यस्त भएको भन्दै युवाहरूले सहज बनाउन अनुरोध गरेका हुन् ।
सो विषयमा आज ‘विराटनगर युथ रिभोलुसन’का युवाहरूले मोरङ प्रहरी प्रमुख (एसपी) कवित कटवाललाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । युवाहरूले ट्राफिक अस्तव्यस्तता सर्वसाधारणका लागि ठूलो समस्या बनेको बताएका छन् ।
सोही कारण तत्काल समाधानका लागि पहल गर्न सम्बन्धित निकायलाई चासो देखाउन आग्रह गरिएको युवा दिपल बन्जाराले बताए । चाडपर्वका समयमा यसले थप समस्या निम्त्याएको उनको भनाइ छ ।
ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै युवाहरूसँग समन्वय गरेर चाँडै कार्यान्वयन गरिने एसपी कटवालले बताए । विराटनगर युथ रिभोलुसनको टोलीले विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीलाई समेत ध्यानाकर्षण गराएको छ ।

संगालोखबर 













