
विराटनगर । विराटनगरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल छन् ।
मंगलबार राति करिब ११ः४५ बजे तीन तलामाथिबाट खसेका उनी गम्भीर घाइते भएका थिए । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

संगालोखबर 













