संगालोखबर


विराटनगर । जेनजी आन्दोलनमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएका एक युवकको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । भदौ २३ गते इटहरीमा गोली लागेर घाइते भएका मोरङको बुढीगंगा-७ का १९ वर्षीय सान्तनु ढकालको उपचार जारी छ ।

उनको उपचारमा समस्या भएको भन्दै सामाजिक सञ्जालमा सहयोगको लागि अपिल गरिएका पोष्टहरू हुन थालेका छन् । तर सामाजिक सञ्जालमा फैलिएको हल्ला सत्य नभएको उनका बुबा महेश ढकालले बताए ।

Advertisement

अस्पतालले सम्पूर्ण उपचार, शल्यक्रिया तथा औषधी पनि निःशुल्क गरिरहेको भन्दै महेशले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । उनले छोराको उपचारका लागि आर्थिक सहयोग सङ्कलन नगर्न पनि अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा घाइतेका तस्वीरहरू पोष्ट भइरहेको विषयमा पनि उनले आपत्ति जनाएका छन् । त्यस्ता तस्बिरहरूले परिवारलाई भावनात्मक पीडा हुने भन्दै उनले यस्तो काम नगर्न आग्रह गरे ।

परिवारका अनुसार सान्तनुको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ भने उपचार जारी छ । आज विराटनगरका जेनजीहरू उनको अवस्था बुझ्न अस्पताल गएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!