
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-१ बाट प्रहरीले ६ सय ७८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका-२ का समेल राई तथा सोही गाउँपालिका वडा नम्बर १ का ट्रक धनी विक्रम विसुङ्खे छन् ।
हटियाडाँडाबाट सोनापुरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ३८२५ नम्बरको ट्रकको डालाभित्र विशेष तरिकाले जडान गरिएको फल्स डाला भित्र गाँजा फेला परेको मोरङ प्रहरीका डीएसपी हरीनन्दन चौधरीले जानकारी दिए ।
बरामद गरिएको गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवा राखिएको छ । उनीहरूविरुद्ध थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













