संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा-५ स्थित स्वस्तिक तेल फ्याक्ट्रीमा काम गर्ने मजदुरको शव फेला परेको छ । भारतको कोलकाता घर भइ करिब १५ वर्षदेखि बुढीगंगा–५ बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारीको शव फेला परेको हो ।

मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीका अनुसार बुढीगंगा गाउँपालिका-५ स्थित बुढीखोलामा उनको शव फेला परेको हो । आज बिहान ८ बजेतिर स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको डीएसपी चौधरीले संगालोखबरलाई जानकारी दिए । शवको सनाखत मृतककै पत्नी कुर्नी खातुनले गरेकी थिइन् ।

‘घटना शङ्कास्पद देखिएको छैन’, उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले अहिले नै मृत्युको कारण भन्न सक्ने अवस्था छैन । पोष्टमार्टम रिपोर्टपछि बाँकी कुरा खुल्छ । अनुसन्धान जारी छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!