संगालोखबर


विराटनगर । द काउन्सिल अफ जेनजी मोरङले तीन बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत आज जेनजी मोरङले ज्ञापन पत्र बुझाएको हो ।

जेनजी मोरङले भदै २३ का अपराधीलाई कारबाही नगरी २४ गतेका कुनै पनि आन्दोलनकारीलाई कारबाही गर्न नपाइने, जघन्य अपराध बाहेक अन्य घटनाका आरोपीलाई कुनै मुद्दामा पक्राउ गर्न नपाइने र बिना सर्त रिहाइ गर्नुपर्ने र ऐतिहासिक जेनजी आन्दोलनलाई तत्काल संस्थागत गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

Advertisement

‘लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाज सुन्ने तथा सम्बोधन गर्ने कार्य राज्यको संवैधानिक दायित्व भएको हुँदा यी मागहरूलाई अनिवार्य २४ घन्टाभित्र प्रभावकारी रूपमा सम्बोधन एवं कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ ।

माग सम्बोधन नभएको खण्डमा शान्तीपूर्ण विरोधका कार्यक्रम गरिने जेनजी मोरङले जनाएको छ । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण रूपमै रहने प्रतिवद्धता व्यक्त गर्दै, आन्दोलनको क्रममा कुनै पनि प्रकारका अप्रिय घटना, अव्यवस्था, सुरक्षा जोखिम वा असामान्य परिस्थिति उत्पन्न भए सोको जवाफदेही सरकार हुनुपर्छ’, ज्ञापन पत्रमा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!