संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा सर्वसम्मत भएका हुन् ।

केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारीमा दाबी गरेनन् । सर्वसम्मत सिफारिस भएपछि शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले २०८२ सालमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्दै काँग्रेसले मोरङ-३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्नेमा जोड दिए ।

शर्माले देशभरका १६४ क्षेत्रले मोरङ-३ को प्रक्रियालाई रोल मोडल मानेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रमा उम्मेदवार सर्वसम्मत गर्नुपर्नेमा जोड दिए ।

‘यो चुनाव हुन्छ, हुँदैन थाहा छैन । चुनाव भयो भने नेपाली काँग्रेसलाई एउटा ठुलो सन्देश हो’, उनले भने, ‘काँग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरू ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भन्ने सन्देश दिन सकिन्छ ।’  शर्माले आफू मन्त्री हुने वा नहुने अर्को पाटो भएको र इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!