संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । जेनजी आन्दोलनका क्रममा काठमाडौंको नख्खु कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ५५ वर्षीय निपुन गुप्ता छन् ।

उनलाई आज विराटनगर-७ बाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । अपहरण तथा शरिर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुप्ता गत भदौ २४ गते भागेका थिए ।

Advertisement

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले मोरङ कारागार पठाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!