संगालोखबर


विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा पक्राउ परेका नौ जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ । आज उनीहरूलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइ ‘आपराधिक उपद्रव’ मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको हो ।

प्रहरीले हिजो ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाललाई पक्राउ गरेको थियो । आज समिर क्षेत्री, दोर्जे तामाङ, गणपति यादव र पंकज कुमार कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने उनीहरू सबै विराटनगरकै रहेका प्रहरीले जनाएको छ ।

Advertisement

‘उनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दामा अनुसन्धान गर्न म्याद थप गरिएको छ’, मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले संगालोखबरसँग भने, ‘उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।’

यसअघि प्रहरी चौकी र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयहरूमा तोडफोड र आगजनी रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!