कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ
विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका-५ बाट ब्राउन सुगर २ ग्राम ७९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार ...




























