
विराटनगर । मोरङको बेलबारी नगरपालिका-६ सोमबारेबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । धनकुटाको चौबिसे गाउँपालिका-७ का ३५ वर्षीय आइतबहादुर राई र सोही स्थानका सन्देश परियार गाँजासहित पक्राउ परेका हुन् ।
आज बिहान करिब ४ बजे प्र. १-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।
सो क्रममा परियारको साथबाट ३० किलो ९९० ग्राम गाँजा र ६२ हजार ५०५ रुपैयाँ नगद फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 
























