संगालोखबर


धनकुटा । धनकुटाबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । सोमबार राति ११ः५५ बजे सहिदभूमि गाउँपालिका-७ साप्तिङटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सहिदभूमि गाउँपालिका-७ का २३ वर्षीय अजित कार्की र सोही स्थानका १९ वर्षीय उज्वल राई छन् । मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

Advertisement

उनीहरूको साथबाट ट्रामोल-५० लेखिएको ३९७ पत्ता (जम्मा ३ हजार ७ सय ९० क्याप्सुल) र रेसिस्पास-२० लेखिएको ३९७ पत्ता (जम्मा ३ हजार ७ सय ९० चक्की) प्रतिबन्धित लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

यस्तै प्रदेश १-०२-०५६ प ९४५८ नम्बर र को ३६ प ६१७३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले जानकारी दिए । प्रहरीले ४ थान मोबाइल समेत बरामद गरेको छ ।

धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!