सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नेपालमा स्तनपान गराउने दर घट्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । पछिल्लो समय जन्मेदेखि ६ महिनासम्म पूर्णस्तनपान गराउने दर घट्दै गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको एक तथ्याङ्कअनुसार उच्च शिक्षा र राम्रो आर्थिक अवस्था भएका आमाहरूले नवजात शिशुलाई पूर्णरूपमा स्तनपान नगराउने गरेको पाइएको छ ।

Advertisement

नेपालमा जन्मेदेखि ६ महिनासम्म पूर्णस्तनपान गराउने दर पछिल्ला वर्षहरूमा घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिइन् । सन् २०१६ मा ६६ दशमलव ४ प्रतिशतले पूर्णस्तनपान गराएको तथ्याङ्क छ ।

तर सन् २०२१ को तथ्याङ्कमा ५६ दशमलव ४ प्रतिशतले मात्रै पूर्णरूपमा स्तनपान गराएको उल्लेख छ । सरकारले सन् २०३० सम्म यो दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

अध्ययन अनुसार शिक्षित आमाहरूले दूधदानीबाट शिशुलाई दूध खुवाउने गरेको देखिन्छ । तथ्याङ्क अनुसार उच्च शिक्षित आमामध्ये ४९ प्रतिशतले दूधदानी प्रयोग गर्ने गरेका छन् ।

माध्यमिक शिक्षा हासिल गरेका ३१ प्रतिशत, आधारभूत शिक्षा हासिल गरेका १४ प्रतिशत र औपचारिक शिक्षा नपाएका १२ प्रतिशत आमाहरूले दूधदानीको प्रयोग गर्ने गरेको तथ्याङ्क छ ।

प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी दूधदानी प्रयोग गर्ने गरेको पाइएको छ । बाग्मतीमा यसको दर ४३ प्रतिशत छ भने कर्णाली प्रदेशमा ११ प्रतिशत रहेको उनले बताइन् ।

कृत्रिम दूध तथा शिशु आहारको बढ्दो प्रचार-प्रसारका कारण प्राकृतिक स्तनपानमा असर परेको भन्दै सम्बन्धित ऐनको प्रभावकारी कार्यान्वयन, कृत्रिम दूधको अनियन्त्रित प्रचार-प्रसारमा नियन्त्रण तथा स्तनपान प्रवर्द्धनका लागि थप प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!