धनकुटामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

धनकुटामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

धनकुटा । धनकुटामा कर्फ्यु हटाएर निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचना मार्फत जनाएका छन् । निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ । आदेशको अवज्ञा गरेमा कानुन अनुसार कारबाही गरिने जनाइए...
धनकुटामा कर्फ्यु

धनकुटामा कर्फ्यु

धनकुटा । धनकुटामा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बेलुका ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । धनकुटाको उत्तरमा कागते, पूर्व खनिया बास, पश्चिम आद्यौगिक ग्राम र दक्षिणमा चुलिबन क्षेत्रमा कफ्र्यू जारी गरिएको छ । सो अवधिमा अत्यावयक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक आयोगका सवारी साधन मात्रै चल्न पाउने जनाइएको छ ।
समन्वय र सहकार्यमा पालिका चलाउन एमाले साँगुरीगढीले गरायो ध्यानाकर्षण

समन्वय र सहकार्यमा पालिका चलाउन एमाले साँगुरीगढीले गरायो ध्यानाकर्षण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकालाई समन्वय र सहकार्यमार्फत कार्यपालिका सञ्चालन गर्न एमालेले ध्यानाकर्षण गराएको छ । एमाले गाउँपालिका कमिटीले पालिका एकल पार्टीको मात्र नभएकाले समन्वय र सहकार्य गर्न ध्यानाकर्षण गराएको हो । निर्वाचित जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारी सबैले कानुन मान्नुपर्ने र कानुनले निर्दिष्ट गरेको कुरा पालना गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । एमाले...
भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा सञ्चालित ३१ वटा होटल तथा रेष्टुरेन्ट मध्ये २३ वटा स्तरीकरणमा परेका छन् । आठ वटालाई भने सुधार गर्न निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र डिभिजन कार्यालय धनकुटाले गरेको संयुक्त अनुगमनमा २३ वटा होटल तथा रेष्टुरेन्टमा स्तरीकणको लोगो टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने निर्देशिका २०७४ अनुसार अनु...
धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटा । धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ । खोल्सीको ‘कालो सुन’ ले परिचित  अलैँची उत्पादनमा वृद्धि भएसँगै निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ५० लाख ६३ हजार बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले धनकुटाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गतवर्ष ५ दशमलव २ मेट्रिक टन अर्थात एक करोड चार लाख बराबरको अलैँची निर्यात भएको हो । गत आर्थिक...
मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

धनकुटा । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी गरिएको छ । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए । भीमनारायण चोकबाट सुरु भएर...
सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६  सिधुवामा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । आज नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । आकस्मिक अवस्थामा सहजै रगत उपलब्ध होस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको  रेडक्रस सिधुवा उपशाखाका सभापति निलबहादुर थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी, सुरक्षा निकायका प्रतिनिधि तथा स...
अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

अख्तियारमा परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड

धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८३ वटा उजुरी परेका छन् । आयोगले बुधबार धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रियामा यो तथ्याङ्क प्रस्तुत गरेको हो । सङ्घीय मामिला सम्बन्धी आठ सय १५, शिक्षा सम्बन्धी तिन सय ६५, भूमि सुधार सम्बन्धी एक सय १३, वन सम्बन्धी ९२, भौतिक सम्बन्धी ९३ र अन्य ...
धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटाका स्थानीय तहको वार्षिक समीक्षा सुरु

धनकुटा । धनकुटामा स्थानीय तहको अभ्यास सम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईको उपस्थितिमा गोष्ठी सुरु भएको हो । सांसद राईले जिल्लामा सञ्चालित बजेट योजनाको प्रगति समीक्षा भएकाले स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र प्रशासकीय अधिकृतहरूको अनिवार्य उपस्थिति नदेखिएको भन्दै ...
पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

पाठकको प्रतीक्षामा छन् धनकुटाका पुस्तकालय 

धनकुटा । समय यस्तो पनि थियो, पुस्तक तथा पत्रपत्रिका पढ्न पुस्तकालयमा मानिसहरूको घुँइचो नै लाग्थ्यो । युवा देखि वृद्धवृद्धाहरू साँझ बिहान पुस्तकालयमा भेटिन्थे । तर प्रविधिको पँहुच र सामाजिक सञ्जालका कारण आजभोलि पठन संस्कृति लोप हुन थालेसँगै पुस्तकालयहरू पनि सुनसान हुन थालेका छन् । वि.स. २०६८ सालमा धनकुटाको देवानटारमा स्थापना गरिएको गार्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालय पछिल्लो समय पाठकविहीन ब...
अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन

अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन

धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी अध्यक्षमा टंकी गुरुङ चयन भएकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष कुसुम श्रेष्ठ, अनेम संघ (क्रान्तिकारी) धनकुटा अध्यक्ष गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य सानु कार्की बस्नेत...
मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

मनै लोभ्याउने सिधुवा बजार (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजार पर्यटकीय स्थलको रूपमा परिचित छ । पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । समुन्दी सतहबाट २ हजार ७ सय मिटरको उचाइमा रहेको यस स्थानबाट विभिन्न हिमालहरूको अवलोकन समेत गर्न सकिन्छ । सिधुवा बजारदेखि माथि रहेको पटेक डाँडालाई प्रवर्द्धन गर्नका लागि विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् । सिधुवा बजार पदमार...
भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन

भूमिहीन समस्या समाधानमा सहयोग गर्न एमाले धनकुटाको निर्देशन

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटीले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्न पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । धनकुटाका सात वटै पालिका कमिटी अध्यक्षलाई पत्र पठाउँदै जिल्ला कमिटीले यस्तो निर्देशन दिएको हो । जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले जारी गरेको पत्रमा पालिका कमिटी, निर्वाचित जनप्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकलाई भूमि समस...
धनकुटा क्याम्पस क्षेत्रमा पुरुष मृत फेला

धनकुटा क्याम्पस क्षेत्रमा पुरुष मृत फेला

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा एक पुरुषको शव फेला परेको छ । आज बिहान करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ का ४२ वर्षीय रामबहादुर भुजेलको शव फेला परेको हो । धनकुटा प्रहरीका अनुसार क्याम्पसको शिक्षक आवास नजिकै रहेको भोगटेको बोटमा झुण्डिएको अवस्थामा भुजेलको शव फेला परेको छ । क्याम्पसका शिक्षकले भुजेल झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिहानै घरबाट घाँस काट्न जान्छु भनेर हिँड...
प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा धुव्र एलेक्स चयन

प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा धुव्र एलेक्स चयन

धनकुटा । प्रगतिशिल लेखक संघ (प्रलेस) धनकुटाको अध्यक्षमा ध्रुव एलेक्स पौडेल चयन भएका छन । शुक्रबार भएको चौथो जिल्ला अधिवेशनबाट धुव्र अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा ईश्वर थापा, सचिवमा सन्तोष सुवेदी, कोषध्यक्षमा रेणु पौड्याल चयन भएका छन् । त्यसैगरी सदस्यमा राधिका दाहाल, तारा काफ्ले, सन्दिप चेम्जोङ चयन भएका छन् । अन्य चार जना भने कार्यसमितिले मनोनयन गर्ने छ । नव निर्वाचित पदाधिकारी तथ...
धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान

धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान

धनकुटा । धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । बजारको सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो । भिमनारायण चोक, भिमसेन थान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास, हस्पिटल लाइन, मदन चोक, श्रीवानी र बसपार्क क्षेत्रमा क्यामेरा जडान गरिएको छ । अपराधजन्य र चोरीका घटना हुन नदिन तथा त्यस्ता घटना भइहालेमा निगरानी गर्न सहज होस् भन्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको धनकुटाका...
विदेशमा पतिको मृत्यु भएको खबर सुनेपछि पत्नीको पनि मृत्यु, बालबच्चाको बिचल्ली

विदेशमा पतिको मृत्यु भएको खबर सुनेपछि पत्नीको पनि मृत्यु, बालबच्चाको बिचल्ली

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-१ कटहरेका ४१ वर्षीय डम्बर मगर वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएको दुई वर्षमात्रै भएको थियो । परिवारको जिविकोपार्जनसँगै केही रकम जम्मा गर्ने र परिवारलाई खुसी बनाउने उद्देश्यका साथ उनी विदेशिएका थिए । घरमा पत्नी, २, १६ र १७ वर्षीया तीन छोरीसँग उनको कुराकानी भइरहन्थ्यो । तर एकदिन सदाका लागि डम्बरबहादुर विलीन भए । पतिको फोन आउने प्रतीक्षामा बसेकी ३३ वर्षी...
धनकुटाबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-६ फोक्ल्याण्डटापुबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय एलन लिम्बु, २२ वर्षीय रविन मल्लिक, २० वर्षीय उदय शाह, धनकुटा-४ देब्रेबासका २३ वर्षीय रोनिश थापा र धरान-१ का २५ वर्षीय धनबहादुर भुजेल छन् । मंगलबार राति करिब ११ बजे ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एलनको घरमा लागूऔषध कारोबार भइरहेको सूचनाको आ...
बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ

बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । धनकुटा बहुमुखी क्याम्पसमा बीबीए चौथो र छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सरसफाइ गरेका हुन् । व्यवहारिक ज्ञानसहितको शिक्षाका लागि स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पसको सहयोगमा सरसफाइ गरिएको स्ववियु उप-सभापति सुवास खनालले जानकारी दिए । विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक काममा प्रेरित गर...
धनकुटाको महालक्ष्मीमा ट्रक दुर्घटना, चालकको अवस्था गम्भीर 

धनकुटाको महालक्ष्मीमा ट्रक दुर्घटना, चालकको अवस्था गम्भीर 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमारस्थित लेगुवा-खाँदबारी सडक खण्डमा ट्रक दुर्घटना भएको छ । विराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर संखुवासभा जाँदै गरेको प्रदेश १-०२-००१ ख् ९८११ नम्बरको ट्रक आज दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ३६ वर्षीय शम्भु परियार र सह-चालक महालक्ष्मी नगरपालिका-१ का २३ वर्षीय विशाल राई घाइते भएका छ...
लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की

लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) ईश्वर कार्कीले लागूऔषध कारोबार नियन्त्रणका लागि निर्देश दिएका छन् । आज जिल्ला प्रहरी कार्यालय धनकुटामा नियमित अनुगमन तथा निरीक्षणमा आएका डिआइजी कार्कीले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनले पछिल्लो समय कोशी प्रदेशका केही जिल्लामा लागूऔषध कारोबार फस्टाउँदै गएको बताए । यसको विशेष निगरानीका लागि जिल्ला प...
धनकुटामा कवि उत्तम लिम्बूको एकल कविता कन्सर्ट

धनकुटामा कवि उत्तम लिम्बूको एकल कविता कन्सर्ट

धनकुटा । धनकुटामा युवा कवि उत्तम तुम्सा लिम्बूको एकल कविता कन्सर्ट भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पससँग समन्वय गरेर अग्रदीप साप्ताहिक धनकुटाले कविता कन्सर्ट आयोजना गरेको हो ।  कवि लिम्बूले ठूलीले जाँड बेच्न छाडिन्, मुलुक कहिले फर्किन्छस् ठुले, हजुरलाई एउटा प्रश्न, तस्बिरमा अल्झिएको सम्झनाको मफलर युगका स्वरहरू र म त्यहीँ हुनेछु लगायतका कविता प्रस्तुत गरेका थिए । यस्तै उनले भी...
धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का २७ वर्षीय अशोक राई छन् । धनकुटा नगरपालिका-१० उत्तरपानीमा डेरा गरेर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा लागूऔषध र प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ । धनकुटा प्रहरीका अनुसार उनको कोठाबाट ट्रामोल ६ सय १० पिस, प्रतिबन्धित औषधिहरू डेकोलिक पाँच सय ९० पिस,  स्पास्पेन ६० पिस, स्पाज्मो ९४ प...
धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन

धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको ४० औं स्थापन दिवसको अवसरमा रक्तदान गरिएको हो । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ । प्राधिकरणका कर्मचारी तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका कर्मचारी हेमचन्द्र थापाले बताए । रक्तदानका लागि...
उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ दिनुपर्छ : मुख्यमन्त्री कार्की 

उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ दिनुपर्छ : मुख्यमन्त्री कार्की 

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजलाई आर्थिक रूपमा व्यवसायिक बनाउनुपर्ने बताएका छन् ।  आज अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशी प्रदेश सरकारले समाजलाई सबल बनाउँदै लैजाने बताउँदै उनले आर्थिक रूपमा ले व्यवसायिक बनाउनतर्फ लागिपरेको बताए । समाज र परिवार व्यवसायिक ...
धनकुटामा राष्ट्रिय युवा संघले गरेको रक्तदानमा ४८ पिन्ट रगत संकलन

धनकुटामा राष्ट्रिय युवा संघले गरेको रक्तदानमा ४८ पिन्ट रगत संकलन

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज धनकुटामा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा जिल्ला अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईले कार्यक्रम उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नेता राईले रक्तदान गर्दा दान गर्ने व्यक्ति र रगत आवश्यक पर्ने दुवै पक्षलाई फाइदा हुने भन्दै वेला-व...
नेकपा एमाले जनताको रोजाइको पार्टी भएको छ : महासचिव पोखरेल

नेकपा एमाले जनताको रोजाइको पार्टी भएको छ : महासचिव पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनका सम्बन्धमा अझैपनि छलफल गर्न सकिने बताएका छन् । आजबाट धनकुटामा सुरु भएको नेकपा एमाले कोशी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अझै छलफल गरेर स्पष्ट हुन सकिने बताएका हुन् । उनले पार्टीभित्र कुनै किसिमको विमती नरहेको उल्लेख गरे । सार्वजनिक रूपमा गरेका कामको टिकाटिप्पणी गर्न नमिल्ने बताउँदै उनले पार्टीलाई कसरी मजबुत बना...
उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

धनकुटा । धनकुटाका विभिन्न सामुदायिक विद्यालयका ६ जना छात्र-छात्रालाई पुरस्कृत गरिएको छ । धनकुटा समागम काठमाडौं मार्फत जिल्लामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १२ का विद्यार्थीहरूलाई मायादेवी विष्णुबहादुर श्रेष्ठ प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । धनकुटा नगरपालिका-२ स्थित टंक माध्यमिक विद्यालयका कृति खड्का र सनम रानाले प्रोत्साहन पुरस्कार पाएका छन् । यस्तै धनकुटा नगरपालिका-१ स्थित हिले माध्यमिक...
धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटा । धनकुटाका ६ वटा सामुदायिक तथा निजी वनलाई नगदसहित सम्मान गरिएको छ । वन दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा निजी वनलाई सम्मान गरिएको हो । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गर्दै उत्कृष्ट वनलाई सम्मान गरिएको छ । ससामुदायिकतर्फ पहिलो हुने पाख्रीबास नगरपालिका-२ सान्नेस्थित थामडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई नगद १५ हजारसहित सम...
धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका वृक्षरोपण गरिएको हो । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फुलको बिरुवा रोपेर कार्यक्रमको उद्‌घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले वातावरणको हिसाबले पृथ्वी जोखिममा रहेको बताउँदै खाली जमिन बाँजो छाड्न नहुने उल्ले...
धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटा । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायको बसोबास रहेको क्षेत्रमा मनाइने गाईजात्रा पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झने गरिन्छ । धनकुटाको श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रालाई बजार क्षेत्र परिक्रमा गराइएको छ । बजार क्षेत्रमा एक वर्षभित्र दिवङ्गत भएका १४ घर परिवारका नाममा जात्रा निकालिएको हो । जात्रा मदन चोक, परिचय मो...
error: Content is protected !!