
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गमा ठूलो परिमाणको गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ७७५ किलोग्राम गाँजासहित मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई शंका लागेर कोलबोटेमा रोकी जाँच गरिएको थियो ।
त्यस क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा मिनी ट्रक चालक ३३ वर्षीय परीक्षण कुँवर छन्। धनकुटा पाख्रीबास नगरपालिका-१ स्थायी घर भएका कुँवर हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछीमा बस्दै आएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

संगालोखबर 
















