संगालोखबर


धनकुटा । धनकुटामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका-६ मुक्तेनकी ९२ वर्षीया पविमाया मगरको आगोमा जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ५ बजे आफ्नै घरको आँगनमा खोले पकाएर आगो ताप्ने क्रममा जिउमा ओडेको बर्कोबाट वृद्धाको शरीरमा आगो सल्किएको थियो ।

Advertisement

शरीरमा आगो सल्किँदा वृद्धाको कम्मर मुनीको भाग जलेर मृत्यु भएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!