विराटनगरमा सुरु भयो ‘विराट ट्रेड एक्स्पो’, अर्थमन्त्री खनालले गरे उद्घाटन
विराटनगर । विराटनगर-१ शान्ति चोकमा आजबाट ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ । जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोको संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै खनालले निजी पूर्ण लेखापरीक्षणको नाममा व्यवसायीलाई त्रसित बनाउने कार्य बन्द गरिएको जानकारी दिए । उनले तथ्याङ्क विश्लेषण गर्दा पूर्ण अडिटबाट...


























