सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ७ हजार १ सय बढ्यो
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन प्रतितोला सात हजार एक सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार बिहीबारको तुलनाम...



















