सुनको मूल्य ५२ सय रुपैयाँ बढ्यो, आज कति पुग्यो तोलामा ?
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर...























