संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार नौ सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्य आज तीन सय पाँच रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!