
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार एक सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार चाँदी प्रतितोला तीन हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













