सरकारी अस्पतालमा उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुँदैन : स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् । वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताए ।
“सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?”, उनले भने, “वीर अस्पताल...































