- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिएको छ । डा.रामप्रसाद पोखरेल आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघसँगको सहकार्यमा नेपाल नेत्रज्योति संघले शिविर आयोजना गरेर पत्रकारहरूको आँखा जाँच गर्ने व्यवस्था मिलाएको हो ।

Advertisement

शिविरमा ३० जना पत्रकारहरूको निःशुल्क आँखा जाँच गरी औषधि र चस्मा वितरण गरिएको नेत्रज्योति संघका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । पत्रकारहरूले धेरै समय कम्प्युटरमा केन्द्रित भएर काम गर्नुपर्ने भएकाले आँखामा समस्या आउँने गर्छ ।

जसका कारण आँखाको स्थिति बुझ्न जाँच र चस्मा वितरण गर्ने व्यवस्था मिलाइएको पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!