रथयात्रामा सादा पोशाकसहितका एक हजार बढी सुरक्षाकर्मी परिचालन
विराटनगर । विराटनगरमा आज ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदैछ । दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको रथयात्रामा नेपालसहित भारतबाट पनि हजारौंको संख्यामा भक्तजनहरू आउँछन् ।
रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । रथयात्राका क्रममा चोरी तथा उच्छृङ्खल गतिविधि हुने सम्भावना बढी भएकाले त्यस गतिविधिमा संलग्नलाई तत्कालै नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्...






























