संगालोखबर


विराटनगर । कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेका कारण उनीहरूको मृत्यु भएको भनिएपनि यकिन कारण खुल्न बाँकी छ ।

केहीलाई डिस्चार्ज गरिएको छ भने केहीको उपचार भइरहेको नेपाली राजदूतावासलाई कुवेतस्थित अस्पतालले जानकारी दिएको छ । दुतावासका अनुसार मृत्यु हुनेहरूको विवरण सङ्कलन हुँदैछ ।

Advertisement

मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने जनाइएको छ । मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको कुवेतस्थित स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको छ । १ सय ६० भन्दा बढी उपचारका क्रममा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!