विराटनगरमा सीमा सुरक्षा बैठक : १८ गतेदेखि ७२ घण्टाका लागि सिमानाका बन्द हुने

विराटनगरमा सीमा सुरक्षा बैठक : १८ गतेदेखि ७२ घण्टाका लागि सिमानाका बन्द हुने

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठक बसेको छ । बैठकले फागुन १८ गते रातिदेखि २१ गते रातिसम्म ७२ घण्टाका लागि सिमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका नाकाहरू पूर्णरूपमा बन्द हुनेछन् । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने सहमति ...
मिल्स भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक र इटहरी भिड्ने

मिल्स भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक र इटहरी भिड्ने

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच भिडन्त हुने भएको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो । अब आयोजकले उपाधिका लागि शनिबार...
राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्यो वाचापत्र (पूर्णपाठसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्यो वाचापत्र (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सय बुँदे वाचापत्र सार्वजनिक गरेको छ । रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज वाचा पत्र सार्वजनिक गरेको हो । वाचापत्रमा सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको...
एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले गरेको र गर्ने कामको फेहरिस्तसहितको लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको उल्लेख गर्दै घोषणापत्र सार्वजनिक गरिएको छ । एमालेले तत्काल गर्ने ११ ...
धनकुटामा काँग्रेसको प्रतिबद्धता : बाँदर नियन्त्रणदेखि गाँजा खेतीको बैधानिकतासम्म

धनकुटामा काँग्रेसको प्रतिबद्धता : बाँदर नियन्त्रणदेखि गाँजा खेतीको बैधानिकतासम्म

धनकुटा । नेपाली काँग्रेस धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै काँग्रेस उम्मेदवार दिनेश राईले गाँजा खेतीको वैधानिकता लगायतलाई प्राथमिकता दिँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि क्षेत्र, बाँदर तथा जंगली जनावरहरू नियन्त्रण, पर्यटन क्षेत्रमा विषेश प्राथमिकता, चरा पर्यटन तथा...
तीन वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तीन वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको बाँके-सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खिला गाउँमा गएराति तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका-१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा...
धनकुटामा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटाइने

धनकुटामा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटाइने

धनकुटा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार बढी कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि १ हजार ८ जना कर्मचारी खटाउने भएको हो । धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा छन् । अस्थायी मतदान केन्द्रका १ जनाका दरले र अन्य मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अ...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय, सोमबार तीन लाख दुई हजार आठ सय र आइतबार तीन लाख...
आज राष्ट्रिय प्रजातन्त्र दिवस

आज राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै ...
किताबी ज्ञानसँगै सीप र संस्कारयुक्त शिक्षामा एजेलियाको जोड

किताबी ज्ञानसँगै सीप र संस्कारयुक्त शिक्षामा एजेलियाको जोड

विराटनगर । विराटनगरको एजेलिया सेकेन्डरी बोर्डिङ स्कुलले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । बुधबारदेखि विराटनगरको आरोहण गुरुकुलमा सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न हुनेछ । कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभाव...
मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै  इटहरी फाइनलमा प्रवेश

मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै  इटहरी फाइनलमा प्रवेश

विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो । अब इटहरीले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि घरेलु टोली...
धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

धनकुटा । धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको प्रायोजन तथा भाषा माध्यमिक विद्यालयको आयोजनामा तल्लो टुँडिखेलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्‌घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका छन् । उद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख तामाङले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व हुने बताए । खेलकुदले विद्यार्थीलाई अनु...
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका थापाको मृत्यु

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका थापाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ ट्रान्सपोर्ट नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ का ४२ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको हो । विराटनगरबाट इटहरी चोकतर्फ जाँदै गरेको मधेश प्र ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ५ः१० ठक्कर दिएको थियो । दुर्घ...
धनकुटाका महिलाहरू नौमती पञ्चेबाजा संरक्षणमा जुट्दै

धनकुटाका महिलाहरू नौमती पञ्चेबाजा संरक्षणमा जुट्दै

धनकुटा । धनकुटाका महिलाहरू मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा जुटेका छन् । पछिल्लो समय युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जगेर्ना गर्न महिलाहरू पञ्चेबाजा संरक्षणमा जुटेका हुन् । कुनै पनि धार्मिक कार्य, विवाह, व्रतबन्ध, विभिन्न समारोह तथा सांस्कृतिक कार्यक्रममा महिलाहरू पञ्चेबाजा बजाउन थालेका छन् । त्यसमा पनि एकल जातीले मात्रै नौमती पञ्चेबाजा बजाउने प्रचलन थियो ...
भोजपुरमा सेनाको टोली सवार बस दुर्घटना, ८ जनाको अवस्था गम्भीर

भोजपुरमा सेनाको टोली सवार बस दुर्घटना, ८ जनाको अवस्था गम्भीर

भोजपुर । भोजपुर नगरपालिका-३ मा प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ । सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २४ जना सेना सवार बस सेती बगरनजिक सडकबाट करिब ५ सय मिटर तल खसेको हो । ना ४ ख ७३१७ नम्बरको उक्त बस दुर्घटना हुँदा त्यसमा सवार सैनिकहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार टेम्केमैयुङ गाउ...
सुनसरी–१ मा एमाले उम्मेदवारको प्रतिबद्धता : सुरुङमार्गदेखि एकीकृत विकाससम्म

सुनसरी–१ मा एमाले उम्मेदवारको प्रतिबद्धता : सुरुङमार्गदेखि एकीकृत विकाससम्म

धरान । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई समेट्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । निर्वाचन प्रचार-प्रसार समितिमार्फत सार्वजनिक गरिएको योजनामार्फत धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकालाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले सुनसरी-१ मा युवा नेता टीका...
सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-५ बाट प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा-१० का २५ वर्षीय आजाद मिया छन् । प्रहरीका अनुसार मंगलबार मिया इनरुवा-५ स्थित सब्जी बजारमा किनमेलका लागि गएका थिए । उनले दिएको पाँच सय रुपैयाँको नेपाली नोट नक्कली भएको शङ्का लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको ...
निर्वाचन अवधिभर सेनाले लियो धनकुटा कारागारको सुरक्षा जिम्मा

निर्वाचन अवधिभर सेनाले लियो धनकुटा कारागारको सुरक्षा जिम्मा

धनकुटा ।  निर्वाचन अवधिभर धनकुटा जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रहरी खटिने हुँदा आवश्यक जनशक्ति कम भएकाले कारागारको सुरक्षा सेनाले जिम्मा लिएको हो । धनकुटाको भीमदल गणबाट सेनाको टोली कारागारमा खटिएको छ । यस अगाडि नेपाल प्रहरी र आवश्यकता अनुसार सशस्त्र प्रहरीको टोलीले कारागारमा सुरक्षा दिँदै आएको थियो । सुरक्षाका हिसाबले अति संवेदनशी...
धनकुटाबाट २०५ किलो गाँजासहित दुईजना पक्राउ

धनकुटाबाट २०५ किलो गाँजासहित दुईजना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ गर्जुवा स्थित जंगलबाट २०५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई छन् । मंगलबार साँझ विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार जंगलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाएर राखेको अवस्थाम...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय र आइतबार तीन लाख पाँच हजार आठ सय रुपैयाँ काय...
मोरङ-५ मा जसपाका यादवको प्रतिबद्धता : ३२ बुँदामा के-के समावेश छ ?

मोरङ-५ मा जसपाका यादवको प्रतिबद्धता : ३२ बुँदामा के-के समावेश छ ?

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मोरङ-५ को उम्मेदवार बनेका राजकुमार यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विराटनगर १४ रामजानकी मन्दिरमा आज पत्रकार सम्मेलन गर्दै यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उनले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित भएर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धता पत...
विराटनगरको एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी

विराटनगरको एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले आ-आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विद्यार्थीहरूले विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् । उनीहरूले विभिन्न विषयका परियोजनाहरू अभिभावकलाई देखाउँदै त्यसबारे ब...
टाइटन्सले जित्यो विराटनगर ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि

टाइटन्सले जित्यो विराटनगर ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा भएको ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । आज भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाउँदै १ सय १ रनको  योगफल तयार गरेको थियो । वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइट...
इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । आज साँझ प्र १-०२-००२ ख ५९२ नम्बरको ट्रकले ठक्कर दिँदा भएका मोरङ सुन्दरहरैँचा-५ का ४० वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ट्रक चालक तेह्रथुमका दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा प्रवेश

उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी काेशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज भएको अन्तिम क्वार्टरफाइनलमा उर्लाबारी भेट्रान्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो । युनाइटेडको जितमा जागेश्वर चौधरीले दुई र तेजमान लिम्बुले एक गोल गरे । उर्ला...
झापा-५ को विकासका लागि ओलीको प्रतिबद्धता : पूर्वी नेपालकै नमूना बनाउने दाबी

झापा-५ को विकासका लागि ओलीको प्रतिबद्धता : पूर्वी नेपालकै नमूना बनाउने दाबी

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले आज प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । यस क्षेत्रलाई पूर्वी नेपालकै नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्यका साथ भौतिक पूर्वाधारदेखि प्रविधिसम्मका योजनाहरू अघि सारेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर...
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । पटक-पटक पक्राउ पर्दै आएका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेक...
धनकुटा प्रहरीद्वारा ३६ वटा सवारी-साधन लिलाम

धनकुटा प्रहरीद्वारा ३६ वटा सवारी-साधन लिलाम

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका ३६ वटा सवारी-साधन लिलामी प्रक्रियामार्फत बिक्री गरेको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलाममार्फत उक्त सवारी-साधन बिक्री गरिएको हो । धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले ३५ वटा मोटरसाइकल र एउटा स्कुटर गरी जम्मा ३६ वटा सवारी-साधन लिलाम बिक्री गदिएको जानकारी दिए । सवारी-साधन लिलाम बिक्रीबाट ए...
विराटनगरमा सुविधासम्पन्न भवनमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालन हुँदै

विराटनगरमा सुविधासम्पन्न भवनमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालन हुँदै

विराटनगर । गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक तथा शैक्षिक बेरोजगार समस्या समाधान गर्ने उद्देश्यले विराटनगरमा ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ । विराटनगर-१० कलेज रोडमा शैक्षिक सत्र २०८३ देखि सुविधासम्पन्न भवनमा मार्टस मेमोरियलले ‘प्लस टु’ सञ्चालनको तयारी थालेको हो । विज्ञान, व्यवस्थापन, कम्प्युटर शिक्षा तथा  होटल म्यानेजमेन्टको पढाइ हुने मार्टस मेमोरियलले जनाएको छ । शिक्षा क्षेत्रक...
१० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने तयारी

१० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने तयारी

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सकिएको छ । मतपत्र छपाइको काम सकिएपछि आजबाट ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गर्ने तयारी थालिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको हो । प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य भएको छ । केन्द्रले दैनिक १३ ...
बैशाख १४ देखि कक्षा १२ को परीक्षा, यस्तो छ तालिका

बैशाख १४ देखि कक्षा १२ को परीक्षा, यस्तो छ तालिका

काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षाका बारेमा जानकारी गराएको हो । बैशाख १४ गते सोमबारदेखि सुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्ने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।
error: Content is protected !!