अायशा टाकियासँग हिन्दी फिल्ममा अभिनय गरिरहेका विल्सनविक्रम राई ‘तक्मे बुढा’को लुक्स सार्वजिनक भएको छ। विल्सनले फिल्मको नाम, अाफ्नो भूमिका र रुप लुकाउन चाहेका थिए। अभिनेत्री टाकियाले इन्स्टाग्राममार्फत् सार्वजनिक गरिदिइन्। तस्बिरमा टाकियाले विल्सनसँग सेल्फी लिएको देखिन्छ।

Advertisement

केही समयअघि विल्सनले अायशासँग अाफूले ढाका टोपी लगाएका तस्बिर सार्वजनिक गरेका थिए। त्यसकारण फिल्ममा उनले नेपालीको भूमिकामा अभिनय गरेको अड्कल काटियो। हाल सार्वजनिक तस्बिरले भने उक्त अड्कललाई खण्डन गर्न मद्दत गर्छ। उनको यो पछिल्लो रुपबारे फिल्मवृत्तमा चर्चा सुरु भएको छ। सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!