- प्रेम देवान/संगालोखबर

विराटनगर । नेपाली सिने क्षेत्रकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका ‘अनुभव सेयर’ गरेकी छिन् ।

छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका  दुःख, सुःख का अनुभव साटासाट गरेकी हुन् । साथै उनले व्यत्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, मोडलिङमा आई पर्ने चुनौतीका बारेमा पनि प्रशिक्षण दिईन् ।

Advertisement

विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी बन्द प्रशिक्षण तालिममा दिपाले प्रतिस्प्रधीहरुसंग अभिनयकाबारेमा पनि प्रशिक्षण दिएकी थिईन् । दिपाले निर्देशन गरेको चलचित्र छक्का पन्जा नेपाली सिने उद्योगमा सबै भन्दा हिट भएको छ ।

बन्द प्रशिक्षणमा पुर्वका १४ जना किशोरी रहेको ए–वान इन्टरटेनटमेन्टका चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । उनका अनुसार आगामी फागुन दोस्रो साता प्रतियोगिताको फाईनल हुँदैछ ।

बन्द प्रशिक्षणका क्रममा किशोरी कार्की, एश्वर्या खड्काले गीत र अभिनय गरेर दिपा सामु कला प्रस्तुत गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!