काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’ को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्।  फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र प्राविधिकहरु खोजी गरेकी थिइन्।

Advertisement

अभिनेत्री चोपडाकाे पर्पल पिबल प्रोडक्सन ब्यानरमा तयार हुन लागेको फिल्म ‘पौवा’को लागि उनी छनाैट भएकी हुन् । विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी २७ वर्षीय मोडल मञ्जुले धुर्मुस सुन्तलीको हाँस्य सिरियल ‘मेरी बास्सै’मा समेत काम गरिसकेकी छिन्। ‘मेरी बास्सै मा खड्काजीकी कान्छी श्रीमतीको भूमिकामा देखिएकी उनले सिक्किमस्थित मनिपाल युनिर्भसिटीबाट एमबिए सिध्याएकी थिएन्।

‘मुम्बईमा रहेको प्रोडक्सन कम्पनीले फोन मार्फत फिल्मको लागि छनोट भएको जानकारी गराएको छ,’ मञ्जुले भनिन्,‘छनोट भएको खबर सुनेर एकछिन बोली बन्द भयो।’ फिल्मलाई पक्खी तेरिवालाले निर्देशन गर्दैछन्।

अभिनेत्री चोपडाकी आमा मधु चोपडाले पर्पल पिबल प्रोडक्सनले निर्माण गर्न लागेको सिक्किमेली नेपाली फिल्म ‘पौवा’ को बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। फिल्म ‘पौवा’ अर्थात पाहुनामा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिने जनाइएको छ।

‘सार्क राष्ट्रभित्र रहेका प्रतिभाहरुलाई प्ल्याटफम दिनको लागि पर्पल पिबल प्रोडक्सनको स्थापना गरिएको हो। स्थापनादेखि प्रोडक्सनको काम सुरु गर्न चाहेपनि सार्क राष्ट्रभित्र देखिएको विवादले गर्दा केही ढिला  भएको हो,‘अभिनेत्री चोपडाकी आमा मधुले उल्लेख भनेकी छिन्,‘राम्रो विषयवस्तु र कथालाई हामीले प्राथमिकता दिएका छौं।’

सन् २०१५ मा अभिनेत्री चोपडाले सार्क र क्षेत्रिय फिल्महरु निर्माण गर्न पर्पल पिबल प्रोडक्सनको स्थापना गरेकी हुन्। फिल्मको सुटिङ मार्चबाट सुरु हुने नयाँ पेजमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!