काठमाडौंं : तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको , मानव बेचविखन तथा ओसारपसारको मुद्दाको आरोपमा गायक प्रकाश ओझालाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।

४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो ।

इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकारसमेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले जनाएको छ । अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए ।

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर देखाइ अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनलाई अदालतले जेल सजाय तोकेको हो ।ओझाले नाबालिकाहरुको अश्लित तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिइ पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!