बलिउडका मेकर तथा स्टारहरु आफ्नो चलचित्रको भूमिका लुकाउन निकै कोशिश गर्छन् । फोटो सार्वजनिक होला कि भनेर, उनीहरुले सेटमा मोबाइल, क्यामेरा नै निषेध गरेका हुन्छन् ।

Advertisement

तर, पनि पापाराजीहरुले पिछा गरेपछि कसको के लाग्छ र ? नायक रणवीर कपुर लामो समयदेखि एक बायोपिक चलचित्रका लागि तयारी गरिरहेका थिए । उनी, नायक संजय दत्तको बायोपिक चलचित्रका लागि तयारीमा थिए । जसका लागि उनले शरीर घटाए । कपाल देखिएला कि भनेर उनले टोपी लगाउने गरेका थिए ।

तर, उनको यो गोप्यता लामो समय टिकेन । चलचित्रको छायांकन सुरु भएसँगै उनको तस्बिर लिक भएको छ । राजकुमारी हिरानीको निर्देशनमा बनिरहेको यो चलचित्रको छायांकनका केहि तस्बिर लिक भएका छन् ।

जसमा उनी, लामो कपालमा देखिएका छन् । रणवीर, संजय दत्तको बलिउडको सुरुवाती समयको गेटअपमा देखिएका छन् । जहाँ, उनी निकै दुब्लाएको देख्न सकिन्छ । यसै बर्षको क्रिसमसमा चलचित्र रिलिज गर्ने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!