- संगालोखबर संवाददाता

विराटनगर । नेपाली चलचित्र ‘तारेभीर’ को विशेष शो धरानमा गरिएको छ । धरान स्थित गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरुका वीचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो ।

आगामी जेठ २९ गतेदेखी देशभरका हलबाट रिलीज हुने चलचित्रमा एक्शनलाई प्राथमिकता दिईएको छ । प्रेम सुब्बाले निर्देशन गरेको चलचित्रमा समाजमा भएका विसंगति र अपराधलाई न्यूनिकण गर्न एक प्रहरी निरीक्षकले खेलेको भूमिका देखाएको छ । चलचित्र निर्मता देउ कृष्ण देवानका अनुसार झापाको दमकमा पनि चाँडै यस चलचित्रको विशेष शो हुने गरिनेछ ।

यस चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायत कलाकारहरुले मुख्य भूमिकामा अभिनय गरेका छन ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!