काठमाडौं, २३ माघ । भारतीय मीडियामा नेपाली सन्नी लियोनीको उपमा पाएकी अर्चना पनेरुलाई भारतीय मीडियोले साढे ४ करोडमा फिल्म खेल्छिन् भनेर समाचार प्रशारण तथा प्रकाशित गरेका छन् ।

Advertisement

पोर्नस्टार बन्ने तथा नांगा फोटाहरु सामाजिक सञ्जालमा पोस्ट गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई नेपालमा भने प्रहरी तथा आम सर्वसाधारणबाट रुचाईएकै छैन् । तर भारतीय मीडियाले उनको बारेमा विभिन्न समाचार बनाएर अहिले चर्चामा ल्याउने प्रयास गरिरहेको छ ।

archana-funnyy-bollywood-bhaskar

चर्चित वलिउड अनलाइन दैनिक भास्करले पूर्व पोर्नस्टार सन्नी लियोनीसँग तुलना गर्दै अर्चनाले नेपालमा फिल्म खेलेबापत साढे ४ करोड लिने गरेको हावा गफ दिएको छ । जबकी अर्चनालाइ केहि लाखमा मात्र राजु गिरीले ‘जिस्म’ फिल्मबाट डेब्यू गराएका थिए । तर भारतीय मीडियाले हावा गफ दिँदै उनको निकै बयान गरेको पाईन्छ । एकाएक चर्चामा आएर नेपालमा एक बर्षभित्रै दुइ नेपाली फिल्म खेलेपनि ती फिल्म चल्न सकेनन् । फिल्म फल्प गएपछि उनी एकाएक फिल्म क्षेत्रबाट टाढा भएकी छिन् ।

बलिउड अनलाईन भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा समेत दिएको टिभि अन्नपुर्णमा समाचार छ । अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत वलिउड भास्करले लेखेको छ, त्यसो त नेपाली फिल्म उद्योग होस् या अन्य क्षेत्र ,कुनै पनि ठाउँको बारेमा राम्रोसँग अध्ययन नगरी समाचार बनाउने बलिउड अनलाइनहरु यो पटक पनि अर्चनाको काण्डमा फसेको देखिन्छ ।

त्यसो त सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले आफ्नो पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ । यसले पनि वलिउड मिडिया नेपाली विषयको समाचार लेख्दा गम्भिर नभएर गलत जानकारी दिन पुगेको छुट्टयाउन सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!