ऋतिक रोशन र पूर्व श्रीमती सुजैन खान केही साथीहरुसँग शुक्रबार राती डिनर डेटमा गए । रेष्टुरेन्टबाट दुबैजना सँगै निस्किए । त्यतिबेला सुजैनले ऋतिकको हात समातेकी थिइन् । मिडियाको उपस्थिती हुँदासमेत सुजैनले ऋतिकको हात छोडिनन् ।

सम्बन्ध विच्छेदको भइसकेको यो जोडीका साथै रेष्टरेन्ट बाहिर प्रिती जिन्टा र उनका श्रीमान् जीन गुडइनफ पनि देखिएका थिए । जायद खान– मलाइका पारेख, प्रीति झिंगियानी–परवीन दबास र अनु दीवान–सनी दीवान पनि रेष्टुरेन्ट बाहिर देखिए ।

Advertisement

ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेदले उनीहरुको प्रशंसकलाई निकै निराश बनाएको थियो  तर पछिल्लो दुई तीन महिनामा दुबैले एकअर्कालाई जति समय दिएका छन्, त्यो हेरेर उनीहरुको पुर्नमिलनको आशंका जताउन थालिएको थियो । तर मानिसहरुको आशामाथि विराम लगाउँदै ऋतिकले एक कार्यक्रममा सुजैन आफ्नो राम्रो साथी मात्र भएको स्पष्ट पारे ।

पछिल्लो दुई महिनामा थुप्रै पटक सँगै देखिएः

ऋतिक पछिल्लो दुई महिनामा थुप्रै पटक सुजैनलाई भेटिसकेका छन् । दुबैले दुबईमा नयाँ वर्षको छुट्टी मनाएका थिए । त्यसपछि ‘काबिल’ को प्रोमोसनको क्रममा सुजैनसँग उनी देखिएका थिए ।

स्मरण रहोस्, सन् २००० को डिसेम्बर २० तारिखमा ऋतिक र सुजैनको विवाह भएको थियो । विवाहको ६ वर्षपछि सन् २००६ मा ऋहानको र सन् २००८ मा ऋदानको जन्म भएको थियो । सन् २०१३ को डिसेम्बर १३ मा यो जोडीले सम्बन्धविच्देछको निर्णय गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!