- सन्नी लियोन

पोर्न इन्डष्ट्रिबाट बलिउडमा प्रवशे गरेकी सन्नी लियोनकाे  भारतसँग गहिरो नाता थियो । सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन् ।

Advertisement

सन्नी अमेरिकामा आफ्नो कलेज फि तिर्न नसकेर पोर्न फिल्म इन्डस्ट्रीमा प्रवेशको कुरा बताएकी छिन् । सन्नीले आफ्नो कलेजको पढाईका कारण पोर्न इन्डस्ट्रीमा आउनु परेको  बताएकी थिइन् ।  अहिले बलिउडमा जमिरहेकाे उनले भारतीय समाचार एजेन्सीलाई जीवनका  १० पलहरुको रहस्योद्घाटन गरेकी छिन् ।

शरिरः
यदि मैले आफ्नो शरिरको अंगलाई बिमा गर्ने मौका पाएँ भने मैले अनुहारको गर्दथें ।

क्रशः
आमिर खानमाथि मेरो क्रश थियो ।

प्रस्तावः
ड्यानियलले मलाई बेडमा प्रस्ताव राखे । त्यो क्षण निकै उत्कृष्ट थियो । रोमान्टिक स्थितीमा हामीबाहेक हाम्रा कुकुरमात्र थिए ।

को बिना बाँच्न नसक्नेः
मेरो श्रीमान्, भाइ, कुकुरहरु, फोन र स्क्रिन केयरको दैनिकी

आत्मवृत्तान्तः
म मेरो आत्मवृत्तान्तको नाम ‘करनजित’ राख्नेछु ।

पश्चातापः
जिन्दगीमा मेरो सबैभन्दा ठूलो पश्चाताप समयमा घर नकिन्नु हो । आमा बिरामी हुँदा र मरिरहेका बेला मैले उनलाई आफ्नै घरमा राख्न सकिनँ ।

खानाः
मलाई पिट्जा निकै मनपर्छ ।

टर्निङ पोइन्टः
मैले भारतमा आउने निर्णय गर्नु मेरो जीवनको टर्निङ पोइन्ट साबित भयो । म बिग बसको पाँचौं संस्करणमा भाग लिन भारत  आएको थियो ।

ओस्करः
ओस्कर जित्न सफल टम हुपरको फिल्म ‘द ड्यानिस गर्र्ल’ को हिस्सा हुन पाएको भए भन्ने सोच्ने गर्दछु ।

उत्कृष्ट साँझः
उत्कृष्ट साँझका लागिः डिनर…. मिठो खाना, मिठो वाइन र दोहोरो कुराकानी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!