काठमाडौं । बलिउड निर्देशक बिबेक शर्माको निर्देशनमा बन्ने चलचित्र ‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले अभिनय नगर्ने भएकी छिन् ।

निर्देशकले स्क्रिप्ट पढन नदिएको र आफ्नो भूमिका परिवर्तन गरेकाले फिल्मवाट अलग्गिएको बर्षाको भनाई छ । ‘सुरुमा मलाई लिड रोल भनेर स्टोरी सुनाइएको थियो तर, स्क्रिप्टमा मोरो भुमिका काटिएको जानकारी निर्देशकवाट पाँए’ शिवाकोटीले अनलाइनखबरसंग कुरा गर्दै भनिन् ।

शिवाकोटीले स्क्रिप्ट पढन माग्दा निर्देशक शर्माले अहिले दिन मिल्दैन सुटिङ स्पटमै दिन्छु भनेपछि काम नगरेको उनको भनाई छ । सुरुमा सौगात मल्लको जोडी भनेर शिवाकोटीसंग एगि्रमेन्ट भएपनि अहिले भूमिका छोटो भएको जानकारी शिवाकोटीले पाईन् ।

अर्कि नायिका बर्षा राउत पनि सोही चलचित्रमा अनुबन्ध भएकी छिन् । बर्षा राउत अनुबन्ध भएपछि तपाईले काम नगर्नु भएको हो भन्ने प्रश्नमा शिवाकोटी भन्छिन् ‘त्यस्तो केहि होईन । बर्षा राउत अनुबन्ध हुनु अघि नै उनको र मेरो कुरा भएको थियो । उनले मलाइ फोन गरेर सोधेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!